थप २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


थप २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


104
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६५ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ३ सय ९९ जनाको पीसीआर र १ हजार ७ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ५ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।