Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भारतमा अलपत्र परेका ८ सय ५८ को उद्धार, स्वास्थ्य परीक्षण नगरी गाउँ पठाइयो


0
Shares

कैलाली । गौरीफन्टा नाकाबाट भारतीय भूमिमा अलपत्र नेपालीलाई स्वास्थ्य परीक्षण नगरी स्वदेश भित्र्याइएको छ ।

हिजो मात्रै आएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको हो । उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाइए पनि उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन ।

सम्बन्धित स्थानीय तहले नै स्वास्थ्य परीक्षण गर्न र त्यही क्वारेन्टाइनमा राख्ने हुँदा सीमामा परीक्षण नगरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

भारतको मुम्बई, दिल्ली, राजस्थान, हरियाणा, मुरादावादलगायतका स्थानबाट बस रिजर्भ गरेर आएका उनीहरु गौरीफन्टा नाकामा लामो समयदेखि अलपत्र परेका थिए ।