Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


वीरगन्जमा आन्दोलन


0
Shares

वीरगन्ज, जेठ ७ । सरकारले लागू गरेको ‘लकडाउन’को उल्लंघन गर्दै वीरगन्ज महानगरपालिका–१६, नगवाका स्थानीयहरु प्रशासनविरुद्ध आन्दोलित भएका छन् ।

नगवामा रहेको बाबा होटलको भवनमा ‘आइसोलेसन’ तथा ‘क्वारेन्टाइन’ बनाउन लागेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय नगवा, वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गरिएको छ ।

पर्सामा संक्रमितको संख्या बढ्न थालेपछि क्राइसिस म्यानेजमेन्टको अनुगमन टोलीले बुधबार नगवाको बाबा होटलसमेत अनुगमन गरेको थियो । 

अनुगमन टोली फर्केलगत्तै भेला भएका स्थानीयले आइसोलेसन वा क्वारेन्टाइन बनाउन नदिने भन्दै विरोधमा उत्रेका हुन् ।

घनाबस्तीबीच स्थापना गरिने आइसोलेसन वा क्वारेन्टाइनस्थलमा संक्रमितलाई राखे गाउँमा संक्रमण फैलनसक्ने भन्दै स्थानीयहरुले विरोध गरेका हुन् ।

नगवाका स्थानीयले बाबा होटलको मूल गेटमा ताल्चा र काठको पिल्लर राखेर बाटो छेकेका छन् ।