मकवानपुर । जिल्लाको १० स्थानीय तहमा पहिलो कार्यकालका जनप्रतिनिधिले गरेका काममा भएको बजेट हिनामिनाले उनीहरुको स्वार्थ प्रस्टिएको पाइएको छ ।
सबैजसो स्थानीय तहमा बजेट हिनामिना भएको तथ्यसमेत फेला परेको छ । महालेखा परीक्षक कार्यालयले स्थानीय तहमा बजेट खर्चमा ‘अनियमितता’ भएको सार्वजनिक गरेको हो ।
मकवानपुर राक्सिराङ, बागमती, बकैया, इन्द्रसरोवार गाउँपालिका, थाहा नगरपालिकामा ‘अनियमितता’ भएको पाइएको छ ।
गाउँपालिकाले सामान खरिद गर्दा उपभोक्ता समितिमार्फत खरिद गर्न नमिल्ने कानूनी व्यवस्था भए पनि राक्सिराङ गाउँपालिकामा उपभोक्ता समितिबाट खरिद गरेको पाइइको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्