२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


गुप्तचरमा हस्तक्षेपः एक मात्रै दरबन्दी, कुरा नमिलेपछि अर्काे थप


390
Shares

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) मा दलीय भागबन्डा पुर्‍याएर बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले देशको एक मात्र गुप्तचर विभागमा दरबन्दी थपेर एआईजी बढुवा गरेको हो ।

सरकारको यो निर्णयसँगै गत ३ साउनबाट एक एआईजी रिक्त रहेको गुप्तचरले बढुवामा भागबन्डा नमिलेपछि अर्काे एक एआईजी दरबन्दी थप पाएको छ । जसअनुसार डीआईजीद्वय हुतराज थापा र ओम जोशी एआईजीमा बढुवा भएका हुन् ।

एआईजीमा बढुवामा सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा भएको हो, प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीलाई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई एआईजी बनाएका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।