नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, जेठ ७ । मंगलबार संसदलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राष्ट्रिय चिह्नमा प्रतीकको रुपमा अंकित सिंह र लेखिएको वाक्य ‘सत्यमेव जयते’ उल्लेख गरेको विषयलाई भारतीय सञ्चारमाध्यमले पनि प्राथमिकता दिए ।
भारतीय चिह्नमा अंकित सिंह केवल सिंहमात्र होइन, यो बौद्ध दर्शनको प्रतीक पनि हो ।
प्रधानमन्त्रीको आग्रह भारतले आफ्नो राष्ट्रिय प्रतीक चिह्नमा रहेको सत्यमेव जयतेअनुसारकै व्यवहार नेपालसँग गरोस् भन्ने हो ।
सत्यमेव जयते उपनिषद्को एउटा श्लोक हो ।
बौद्ध विद्वान् प्रा. डा. मिलनरत्न शाक्य अशोक स्तम्भमा रहेको चार सिंह शाक्य सिंह तथागत भगवान् बुद्ध र बौद्ध दर्शनको प्रतीक भएको बताउँछन् ।
यो राजनीतिकभन्दा पनि इतिहास, धर्म, कला र संस्कृतिको चिह्न हो । जुन अहिले भारतको राष्ट्रिय चिह्नको रुपमा प्रयोग भइरहेको छ ।
पूर्वीय दर्शनको महत्वपूर्ण अंग बुद्ध शासनामा अशोक स्तम्भ महत्वपूर्ण पनि छ ।
यतिबेला नेपाल र भारतबीच सीमा विवाद चर्किएको छ ।
परराष्ट्रविद् शम्भुराम सिम्खडा दुई मुलुकले सीमा विवाद सुल्झाउन शब्द, भाषणबाजी, नाराबाजी, उत्तेजना र विवादबाट टाढा बस्नुपर्ने बताउँछन् ।
उच्चस्तरीय वार्ताकै माध्यमबाट समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
सीमा विवाद समाधानका लागि नेपालले गरेको वार्ताको प्रस्तावलाई भारतले तत्काल स्वीकार गर्नुको विकल्प छैन ।
वार्तामा बस्न नचाहनु भनेको यस विवाद समाधानका लागि भारतले जनाएको प्रतिबद्धताको पनि विपरीत हुनेछ ।









प्रतिक्रिया दिनुहोस्