शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा


52
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले युवाहरूमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताउनुभयो ।

उहाँले युवा केन्द्रित गतिविधिहरूको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता,युवा वर्गको नेतृत्व विकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तरपुस्ता सीप हस्तानान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु बताउनुभयो ।