११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


ओखलढुंगामा पनि निकालियो गाईजात्रा


234
Shares

ओखलढुंगा । मृतात्माको शान्तिको कामना गर्दै जिल्ला सदरमुकाममा पनि नेवारी समुदायले गाईजात्रा निकालेका छन् ।

एकवर्षभित्र परलोक भएका आफन्तको सम्झना र उनीहरूको मृतात्माको कामना गर्दै गाई तथा मानिसलाई सिँगारेर मृतकको घरबाट गाईजात्रा निकालिएको हो ।

दिवंगतको सम्झना गर्दै गाईलाई सिँगारेर निकालिएको गाईजात्रालाई नेवारी समुदायले सदरमुकाम परिक्रमा गरेका थिए ।

आजका दिन एकवर्षभित्र परलोक भएका आफन्तको सम्झनामा सिँगारिएको गाईसहित गाईजात्रा निकाल्दा मृत्यु भएका व्यक्तिहरू वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्राको अवसर पारेर ओखलढुंगा सदरमुकाममा लाखे नाच तथा रामायणको कथा सुन्ने पनि प्रचलन रहेको छ ।