Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


उपत्यकामा ‘सिल’को सिलसिला


0
Shares

दीपेन्द्र अधिकारी (इमेज)

काठमाडौं, जेठ ७ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा कोरोनाभाइरसको संक्रमण देखिएपछि १४ ठाउँमा ‘सिल’ गरिएको थियो । तीमध्ये आधाजसो ठाउँ भने अहिले खुला गरिएको छ ।

कोरोना संक्रमण फैलन थालेपछि काठमाडौं उपत्यकाका विभिन्न १४ ठाउँमा सिल गरिएको थियो ।

सिल गरिएको स्थानमा संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’पछि कोरोना परीक्षण गरी सातओटा स्थानलाई खुला गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

टिचिङ अस्पतालको प्रसूतिगृहको आंशिक भाग, टिचिङकै न्यूरो वार्ड, बौद्ध क्षेत्रको कपन, राधाकृष्ण मन्दिर क्षेत्र, चन्द्रागिरि नगरपालिका, बालाजुचोकलगायतका सात स्थान सिल गरिएकोमा चार ठाउँमा खुला गरिसकिएको छ ।

त्यस्तै, ललितपुरको पुल्चोकस्थित निदान अस्पताल सिल गरिएकोमा सो स्थान खुलिसकेको छ ।

भक्तपुरको शंखधरचोक आसपास, दुवाकोटको संक्रमितको घर वरपर, सल्लाघारीलगायतका ६ ठाउँमा सिल गरिएकोमा दुई ठाउँ खुला गरिएको छ ।

उपत्यकामा जोखिम बढेपछि कोरोना संक्रमित भएका क्षेत्रहरूमा उच्च सतर्कता अपनाउँदै कडाइ गरिएको छ ।

काठमाडौं महानगरपालिकाको ४६औं विशेष नगरकार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि ‘लकडाउन’ अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको थियो । तर, अहिलेसम्म नाका सिल गरिएको छैन ।

उपत्यकामा कोरोनाको संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक काममा बाहेक आवत–जावतमा रोक लगाएको थियो । गल्लीमा हिँड्ने मानिसलाईसमेत पक्राउ गर्ने आदेश प्रहरीलाई दिएको थियो ।

समुदायस्तरमा फैलिइसकेको कोरोनालाई रोकथाम गर्न संयमता अपनाउँदै जनजीवनमा पनि सहजता ल्याउनुपर्दछ ।

भिडियो हेर्नुहोस्