मास्क नलाए पाँच सय जरिवाना « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


मास्क नलाए पाँच सय जरिवाना


1.742k
Shares

काठमाडौं । भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिँदै माक्स नलगाउनेलाई ५ सय जरिवाना तोकेको छ ।

त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गर्दै मास्क नलगाउनेलाई जरिवाना तोकेको हो । निजी कारमा यात्रा गर्नेहरूले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेको छ ।

दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १सय ४६ संक्रमित भेटिएका थिए भने ८ जनाको मृत्यु भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।