रसुवा, जेठ ७ । रसुवा जिल्लासँग सीमा जोडिएका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै नाकामा चेकजाँच कडाइ गरिएको छ ।
जिल्ला सुरक्षा समिति रसुवाले नुवाकोटबाट रसुवा प्रवेश गर्ने सबै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएर आवत–जावत बन्द गरेको हो ।
बाहिरी जिल्लाबाट ल्याइने तरकारी, दूध, मासु सबै बन्द गरिएको छ भने अत्यावश्यक खाद्यान्न लिन सम्बन्धित वडाको पास लिएरमात्र ल्याउन पाइने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
यसैबीच, रसुवामा ‘सेल्फ क्वारेन्टाइन’मा बसेका ४४४ जनाको बुधबार (आज)देखि ‘आरडीटी’ परीक्षण सुरु गरिएको छ ।
बाहिरी जिल्लाबाट रसुवा प्रवेश गरी जिल्लाको पाँचओटै गाउँपालिकामा सेल्फ क्वारेन्टाइनमा बसिरहेकाको आरडीटी परिक्षण गर्न लागिएको हो ।









प्रतिक्रिया दिनुहोस्