
फाइल तस्बिर
बाठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिरमा हुने निर्वाचनमा तालमेलका लागि मापदण्ड निमार्णबारे प्रारम्भिक छलफल थालेको छ ।
सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनमा रहेका पाँच दलले सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठन गरेको कार्यदलको बैठकले कापदण्डबारे प्रारम्भिक छलफल थालेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो बसेको कार्यदलको बैठकमा सिट बाँडफाँटको मापदण्डको लागि विभिन्न प्रस्ताव अधि सारिएका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्