२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गठबन्धनमा अटाउन बाबुरामको दौडधुप


143
Shares

काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा आफ्नो भूमिकाको खोजीमा लाग्नुभएको छ ।

नयाँ पार्टी गठन गरेसँगै उहाँले सिट बाँडफाँटमा सम्मानजनक स्थान पाउन दौडधुपमा लाग्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टीलाई पनि गठबन्धनमा समावेश गरेर अघि बढ्न आग्रह गरेका भट्टराईले बिहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावी योजनाको विषयमा भेटवार्ता भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।