ठेकेदारबाटै ठगिए कामदार « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


ठेकेदारबाटै ठगिए कामदार


338
Shares

जुम्ला । ठेकेराको लेनदेन विवादले नाग्म गमगढी सडक निमार्णका कामदारले विगत दुई वर्षदेखि ज्याला पाएका छैनन् ।

सडक निमार्ण भएको तीन वर्ष बितिसम्दा पनि ज्याला नदिएर ठेकेदारले ठगेको कामदारको गुनासो छ । नाग्म गमगढी सिञ्जा- १ घोडेंगादेखि कनकासुन्दरी- ७ रोकायाबाडासम्मको ६ किमी ७६० मिटर सडक स्तरवृद्धि गर्ने ठेक्का भ्याटसहित ६ करोड ७६ लाख १८ हजार १ सय ८६ रूपैयाँमा खड्का कृष्ण निर्माण कम्पनीले ठेक्का पायो ।

उक्त निर्माण कम्पनीका प्रतिनिधि तथा ठेकेदार तातोपानी-८ का दिपक शाही हुन् । ०७६ चैत ६ गते नेपाली कांग्रेसका सभापति कर्णबहादुर शाहीले सिञ्जा- १ का रणबहादुर रोकायालाई फोन गरी उक्त ठेक्काको सडक निर्माणको जिम्मा लिन अनुरोध गरे ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।