काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी संस्थानमा अध्यक्षको पदमा रही विभिन्न अनियमितता गरेको भन्दै पुण्य भुसाललाई स्पष्टीकरण सोधेको छ तर जवाफ पाइएको छैन् ।
संस्थागत हितभन्दा पनि व्यक्तिगत हितमा बढी लागिरहेको काम गर्दा मन्त्रालयसँग कुनै समन्वय नगरेकोलगायतका आरोप लागेका अध्यक्ष भुसाललाई तीन दिनभित्र जवाफ दिनुपर्ने भन्दै मन्त्रालयले सोमबार पत्र पठाएको थियो ।
तर, बुधबारसम्म भुसालले जवाफ नपठाएको मन्त्रालय स्रोतले जनाएको छ ।
एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्दा अध्यक्ष नियुक्त भुसालले कसैसँग समन्वय नगरी आर्थिक प्रभोलनमा लागी संस्थाविपरीत काम गरेको आरोपमा मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्