
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षणका लागि जापानी अधिकारीहरूलाई निमन्त्रणा गर्नुभएको छ ।
बुधबार जापान भ्रमणबाट फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफूले निर्वाचन पर्यवेक्षणको निम्तो दिएको स्पष्ट पार्नुभयो । जवाफमा जापानका सांसदहरूले सकारात्मक जवाफ दिएको उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले आफ्नो भ्रमणमा जापान सरकारका अधिकारीहरूको उत्साहपूर्ण सहभागी भएको भन्दै उत्साहित हुनुभयो । त्यहाँ आफूले जापान सरकारका प्रतिनिधिहरू र नेपालीहरूसँगको छलफल भएको उहाँले बताउनुभयो ।
विशेषतः कृषि, आईटी र अन्य विविध विषयमा आफूले जापानसँग सहकार्य गर्न खोजेको पनि उहाँले स्पष्ट पार्नुभयो । भ्रमणका क्रममा जापानका सांसदले आफूलाई संसद भवनको अवलोकन गराउँदै त्यहाँबारे ब्रिफिङ गरिएको उहाँले बताउनुभयो ।
पर्यटन, कृषि, टनेल, जलविद्युत्, सञ्चार प्रविधि र फोहोर व्यवस्थापनमा सहयोगका लागि आफूले कुरा गरेको भन्दै उहाँले दूतावासका कर्मचारीले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आभार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्