थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


156
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ५ जनाको नमूना परीक्षण गरिएको थियो ।

३ हजार ६ सय १४ जनाको पीसीआर र ३ हजार ९१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ४ सय १४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ८ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।