२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सामाजिक सुरक्षा कोषमा आवद्धता बढ्दो


754
Shares

काठमाडौं । सामाजिक सुरक्षा योजनामा २२ अर्ब रूपैयाँ योगदान रकम संकलन हुँदा १ अर्ब ८७ करोड बराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तानी गरिएको छ ।

२०५७ साल मंसिरबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीले हालसम्म २२ अर्ब रूपैयाँ योगदान रकम जम्मा गरिसकेका छन् ।

हालसम्म जम्मा भएको योगदान रकममध्ये विभिन्न ४ योजनाअन्तर्गत लाभग्राही श्रमिक र उनीहरूका परिवारले १ अर्ब ७८ करोड १९ लाख रूपैयाँ सामाजिक सुरक्षा रकम प्राप्त गरिसकेको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

सेवाग्राहीलाई भुक्तानी गरेको १ अर्ब ७८ करोडमध्ये अवकाश दाबीमा १ अर्ब ५६ करोड ५८ लाख रूपैयाँ वितरण भएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।