काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन गृहकार्य सुरु गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरिय समितिको आज सिंहदरवारमा बसेको बैठकमा विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटि तयार गर्न छलफल सुरु गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताए ।
उनले विदेशबाट ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फौलिन नदिने गरी क्रमश ल्याउने ढंगको योजना ल्याउने तयारीको चरणमा रहेको समेत बताए ।
उनले बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेनटाइनहरुलाई तेकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्