संसद अधिवेशन अझै केही समय चल्छ : मन्त्री शर्मा « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


संसद अधिवेशन अझै केही समय चल्छ : मन्त्री शर्मा


26
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताउनुभएको हो । उहाँले यो संसदले धेरै कानूनहरू बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरू बनाइने बताउनुभयो ।

मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझै पनि सकारात्मक विभेद आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक क्षेत्रको अलावा लोकसेवा आयोगले समेत सकारात्मक विभेदको व्यवस्था गरेको भन्दै अरु ठाउँहरुमा पनि सकारात्मक विभेद गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले हरेक कानूनहरू लैंगिक समतायुक्त बनाउनुपर्ने बताउनुभयो । महिलाको मर्यादालाई अवमूल्यन गर्ने हानिकारक सामाजिक अभ्यास र कुप्रथाविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।