
एजेन्सी । चर्चित भारतीय मराठी अभिनेता प्रदीप पटवर्धनको हृदयघातका कारण निधन भएको छ ।
उनको ५२ वर्षको उमेरमा गिरगाउँस्थित आफ्नै घरमा निधन भएको हो । प्रदीपको निधनको खबर सुनेर महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री एकनाथले लेखेका छन्, ‘प्रदीप पटवर्धन एक सदाबहार अभिनेता थिए र उनले मराठी सिनेमामा आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मनमा राज गरे। उनको निधनले मराठी कला जगतले एक महान कलाकार गुमाएको छ ।’
उनले थुप्रै मराठी फिल्महरू र नाटकहरूमा अविस्मरणीय भूमिका खेलेर दर्शकको मनमा विशेष स्थान बनाएका थिए । प्रदीपलाई सन् २०१९ मा अखिल भारतीय नाट्य परिषद पुरस्कार पनि दिइएको थियो।
सन् १९७० मा जन्मिएका प्रदीपलाई बाल्यकालदेखि नै अभिनयमा लगाव थियो । उनले कलेजका दिनमा अभिनय करियर सुरू गरेका थिए । यसपछि उनी प्रोफेशनल थिएटर ग्रुपमा आबद्ध भए, जहाँ उनले फिल्ममा पनि काम गर्ने अवसर पाए । सुरुका दिनमा उनी बैंकमा काम गर्थे ।
प्रतिक्रिया दिनुहोस्