१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


एउटै कार्यालयमा ६ सय करार–ज्यालादारी कर्मचारी


1.261k
Shares

काठमाडौं । प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६ सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ ।

बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा ४ सय ज्यालादारीमा कर्मचारी कार्यरत रहेको विभागमातहतको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ ।

जबकि त्यस विभागमा स्थायी दरबन्दीको संख्या ४ सय ८६ मात्र छ । अस्थायी दरबन्दी भने ७ सय ४४ रहेको उक्त शाखाले जनाएको छ ।

अस्थायी दरबन्दीभित्र करारमा कर्मचारी भर्ना गरिएको र आयोजना प्रमखले आफ्नो आवश्यकता हेरेर ज्यालादारी कर्मचारी भर्ना गर्ने गरेको कर्मचारी प्रशासन शाखाका अधिकारीहरूको भनाइ छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।