थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


117
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ८ सय ६२ जनाको पीसीआर र २ हजार ४ सय ८९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ४ सय ७० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।