
काठमाडौं । सिंहदरबारका नायव सुब्बाहरूले पेन डाउन सुरु गरेका छन् ।
नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढे पनि त्योभन्दा तल्लो तहका कर्मचारीको तलबमान कम भएपछि आन्दोलन गर्नुपरेको निजामति कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताउनुभयो ।
सरकारले प्रस्तावित संघीय निजामति ऐनमा आफूहरूको माग सम्बोधन नगरेको भन्दै आन्दोलन सुरु गरेको पोखरेलले बताउनुभयो ।
उनीहरूले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
आफूहरूले राखेको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पोखरेलले बताउनुभयो ।
सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले आफूलाई सुप्रिम ठान्दा यस्तो समस्या भएको कर्मचारीहरूको आरोप छ ।
उनीहरूले नायब सुब्बाको बढुवामा ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको मूल्याङ्कन अंकभार राखिनुपर्ने माग राखेका छन् ।
राज्य सञ्चालनमा आफूहरूको महत्वपूर्ण योगदान रहेको नायब सुब्बाहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्