
धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नंं. ७ परासनका वनवारी रानासँग ४ बिघा जमिन छ ।
तर, उनले त्यो जमिन राखेर बैंकबाट ऋण लिई छोरीलाई एमबीबीएस पढाउन खोज्दा बैंकबाट ऋण पाएनन् । बैंकमा जमिन धितो राखेर छोरीलाई डाक्टरी पढाउन चाहेको थिएँ । सीमानाको नजिक रहेको खुल्ला खेत जंगली जनावरले पनि बाली नोक्सान गर्ने भएको हुनाले बैंकले धितो लिएन । ऋण नपाएपछि छोरीलाई सामान्य कलेजमा पढाएँ, उनले भने ।
सोही ठाउँका रामबहादुर राना जमिन धितो राखेर हार्डवेयर र कुखुरापालन व्यवसाय गर्ने योजनासहित राष्ट्रिय वाणिज्य बैंकको बेलौरी शाखामा पुगेका थिए । बैंकले धितो लिन नमानेपछि योजनाबाट हट्नु परेको उनले सुनाए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्