
काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सांसद डा. पुष्पाकुमारी कर्ण कायस्तले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी छनौटका लागि लोक सेवा आयोगले लिने परीक्षा एकैपटक हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कायस्तले सरकारी सेवा प्रवेशका लागि लिइने परीक्षा व्यवस्थित बनाउनुपर्ने दायित्व भएकाले सरकारले सोही अनुसारको परीक्षा लोक सेवा आयोगबाट लिने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले बेरोजगार युवायुवतीहरुलाई तनाव नहुने गरी लोक सेवा आयोगले लिने परीक्षालाई सहज बनाउन पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
सांसद कायस्तले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान पनि सरकारलाई दवाव दिनुभयो । उहाँले स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत नागरिकले पाउने सुविधा सहज ढंगले पाउन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्