काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी आइतबार पहिलो दिन ५४ जनाको स्वाब संकलन गरिएको छ ।
स्वाब संकलन क्रम सोमबार पनि जारी रहने छ । मृत्यु भएकी सुत्केरी महिलाको गाउँ बाह्रविसे नगरपालिका ९ स्थित राम्चेमा आइतबार संकलन गरेको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइसकिएको छ ।
स्वाब परीक्षणको रिपोर्ट सोमबार साँझसम्म आइपुग्ने जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।
चापागाईंकाअनुसार मृत्यु भएकी महिलासँग सम्पर्कमा रहेका परिवार, आफन्त र स्थानीयको स्वाब संकलन गरिएको हो ।
उनकका अनुसार सोमबार राम्चे, बाह्रविसे बजार र प्राथमिक स्वास्थ्य चौकी बाह्रविसेका स्वास्थ्यकर्मीको स्वाब नमूनाका लागि लिइनेछ ।
यी बाहेक कन्ट्याक्ट् ट्रेसिङ गरि थप व्यक्तिको स्वाबसमेत लिइने उनले जानकारी दिए ।
सुत्केरी गाउँमा आएपछि उनलाई भेट्न आउने आफन्त, स्थानीय र परिवारलाई पहिलो प्राथमिकतामा राखी स्वाब संक्लन गरिएको थियो ।
स्वाब संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालय र चौतारा अस्पतालको टोली आइतबार राम्चे पुगेको थियो ।
उनीहरुसँगै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, मन्त्रालय महाशाखाका प्रमुख, विभागका उपनिर्देशक, स्थानीय जनप्रतिनिधि लगायत थिए ।
राम्चेलगायत सो क्षेत्रमा संक्रमण फैलन नदिन उच्च सतर्कत अपनाइएको छ । सो क्षेत्र शील गरिएको छ ।
गाउँवासीलाई समेत एक आपसमा भेटघाट नगर्न सुझाएको चापागाईंले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्