अर्घाखाँची । भारतबाट अर्घाखाँची र प्युठानमा १८ जना हिँडेरै पुगेका छन् ।
भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेपछि नेपालीहरु चोर बाटो हिँडेर आउनेको संख्या बढेको छ ।
जस अनुसार अर्घाखाँची र प्युठानका १८ नागरिक आएका हुन् ।
सुचना पाएपछि ती व्यक्तिलाई जिल्लाको शितगंगा नगरपालिकाको ठाडाबाट दुईअवटा एम्वुलेन्समार्फत ल्याइएको भूमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासेले जानकारी दिए ।
बेल्वासेका अनुसार भित्रिएकामध्ये १० जना अर्घाखाँची जिल्लाका र ८ जना प्यूठान जिल्लाका रहेका छन् ।
१० जनामध्ये ९ जना भूमिकास्थान नगरपालिकाका हुन् भने एकजना मालारानी गाउँपालिकाका रहेका छन् ।
त्यस्तै प्युठानका ८ जनामा मलरानी गाउँपालिका र ऐरावती गाउँपालिकाका नागरिक रहेका छन् ।
उनीहरुलाई सम्बन्धित पालिका प्रमुखको जिम्मा लगाइएको बेल्वासेले बताए । उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिने छ ।









प्रतिक्रिया दिनुहोस्