किम र पिटको ब्रेकअप « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


किम र पिटको ब्रेकअप


741
Shares

एजेन्सी । अमेरिकी रियालिटी शोकी चर्चित स्टार किम कार्दशियनले आफ्ना प्रेमी पिट डेभिडसनसँग ब्रेकअप गरेको खबर बाहिरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुबैको ब्रेकअपको कारण एकअर्कालाई समय दिन नसक्नु रहेको बताइएको छ । किम र पिट विगत ९ महिनादेखि एकअर्कालाई डेट गरिरहेका थिए । तर, उनीहरूको सम्बन्ध एक वर्ष पनि टिक्न सकेन ।

उनीहरूको उमेरमा १३ वर्षको अन्तर छ । जहाँ किम ४१ वर्षकी छन् भने पिट २८ वर्षका छन् । किम र पीट सन् २०२१ अक्टोबरदेखि डेटमा थिए । उनीहरूले एकअर्कालाई प्रेमीभन्दा पनि साथीका रूपमा व्यवहार गर्ने उल्लेख गरेका छन् ।

पिट यतिबेला अष्ट्रेलियामा छायांकन भैरहेको फिल्म ‘विजार्ड’मा काम गरिरहेका छन् भने किम आफ्नो पूर्वपति केनी वेस्टसँगै आफ्ना चार सन्तानको हेरचाह गरिरहेकी छन् ।