काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आयोगका अध्यक्ष समिम मिया अन्सारीले महानगरिय ट्राफिक प्रहरी महाशाखा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
अध्यक्ष अन्सारीले महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
आयोगले २० हजार थान मास्क, २० लिटर सेनिटाइजर र साबुन लगायतका अन्य सामग्री हस्तान्तरण गरेको हो ।
नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको हौसला बढाउन स्वास्थ्य सामग्री उपलब्ध गराइएको उनले बताए ।
महाशाखा प्रमुख ढकालले महामारीको रुपमा फैलिएको कारोनाले नेपालमा पनि आतंक भइरहेको अवस्थामा सुरक्षाकर्मीहरुको जिम्मेवारी बढ्दै गएको बताए ।
दिनभरी सडकमा खटिने ट्राफिक प्रहरी धेरै मानिसहरुसँग सम्पर्कमा हुने भएकाले जोखिम रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सामग्रीहरुको आवश्यकता बढी हुने गरेको बताए ।









प्रतिक्रिया दिनुहोस्