
काठमाडौं । ‘लायक’ सचिव राखेर ‘एक्सन’ मा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ ।
कसैलाई मन्त्रालयबाट हटाउनुपर्यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर कारबाही गरेको अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘कामकारवाही प्रभावकारी हुन नसकेको’ कार्यालयकै कर्मचारीको गुनासो छ ।
त्यहाँ लैजाने हरेक सचिवले ‘डोमिनेट’ अनुभूति गर्ने गरेका छन्, जसका कारण उनीहरुले परिणाम दिनेगरी काम गर्न सकिरहेका छैनन् ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सात सचिव रहेकोमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पुनस् दुई सचिवलाई प्रधानमन्त्री कार्यालयमै ल्याएर ‘डम्प’ गरेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्