गायिका मेलिना राईले तोडिन सञ्जीवसँगको इन्गेजमेन्ट « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


गायिका मेलिना राईले तोडिन सञ्जीवसँगको इन्गेजमेन्ट


13.637k
Shares

काठमाडौं । गायिका मेलिना राई र संगीतकर्मी सञ्जीव बराइलीबीच बिवाह नै नभई ब्रेकअप भएको छ ।

उनीहरुबीच केही समय अघि बिवाह गर्ने भन्दै इन्गेजमेन्ट भएको थियो । तर सामाजिक संजाल फेसबुक मार्फत गायिका राईले शुक्रबार सो इन्गेजमेन्ट तोडिएको बताएकी छिन ।

उनले लेखेकी छिन् ‘केही समय अगाडी मैले आफ्नो गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । ’

उनले भनेकी छिन् ‘फेरि सबै इन्गेजमेन्टहरु हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’