Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन १२ दिन धकेलियो


0
Shares

काठमाडौं, भदौ १ । प्रतिनिधिसभा मातहतका विषयगत समितिका सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचनको मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।

बैठकमा उनले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराए ।

प्रतिनिधिसभा मातहत १० ओटा विषयगत समिति छन् ।

यसअघि, अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी तथा फर्छ्योट विधेयक २०७५ सदनसमक्ष पेस गरे ।

अर्थमन्त्री डा. खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटो–छरितो बनाउन विधेयक ल्याइएको जानकारी दिए ।

प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ । रासस