चुनावको मिति घोषणासँगै दलहरू उत्साहित « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


चुनावको मिति घोषणासँगै दलहरू उत्साहित


104
Shares

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन् ।

निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको हो ।

निर्वाचनको मिति घोषणासँगै सत्तारूढ दलको ध्यान सिट बाँडफाँटतर्फ गएको छ भने प्रमुख प्रतिपक्षी दल निर्वाचनमा जित्ने गरी रणनीतिमा जुटेको छ ।

निर्वाचनको मिति घोषणालाई प्रमुख राजनीतिक दलहरूले स्वागत गरेका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।