Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भारतका ‘क्वारेन्टाइन’मा राखिएका २७६ जना नेपालीको शनिबार उद्धार


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ ३ । भारतका विभिन्न ‘क्वारेन्टाइन’मा राखिएका नागरिकहरुलाई कैलालीको गौरीफन्टा नाकाबाट शनिबार पनि उद्धार गरिएको छ ।

भारतको लखिमपुरस्थित पलिया क्वारेन्टाइनमा राखिएका २७६ जना नेपालीहरुलाई दोस्रो दिन नेपाल प्रवेश गराइएको हो ।

४९ दिनदेखि घर आउने आशामा भारतीय क्वारेन्टाइनमा सास्ती व्यहोर्दै आएका नेपालीहरु स्वदेश फर्कन पाउँदा खुसी भएका थिए ।

शनिबार नेपाल प्रवेश गर्नेहरु चितवन, पर्वत, कैलाली, कञ्चनपुर, बैतडी, काठमाडौं, पाल्पालगायत जिल्लाका रहेका छन् ।

स्वदेश प्रवेश गराइएकाहरुको सीमामै ‘आरडीटी’ परीक्षणको व्यवस्था गरिएको थियो ।

उनीहरुलाई सम्बन्धित स्थानीय तहहरुमा २१ दिन क्वारेन्टाइनमा राखिने बताइएको छ ।