सचिवहरूको सरुवा (को-कहाँ ?) « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


सचिवहरूको सरुवा (को-कहाँ ?)


663
Shares

काठमाडौं । सरकारले सचिवहरूको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै बिहीबार नै सचिवमा बढुवा हुनुभएका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तानिनुभएको छ ।

महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवालीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा भएको छ ।