Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


रसुवा प्रवेशमा कडाइ


0
Shares

रसुवा, जेठ ३ । जिल्ला प्रशासन कार्यालय रसुवाले पैदलयात्रीलाई समेत जिल्ला प्रवेशमा रोक लगाएको छ ।

तोकिएका अत्यावश्यक सवारी–साधनबाहेक अन्य सवारी–साधन र पैदलयात्रीलाई रसुवाको सिमानामा रहेको मुख्य प्रवेशद्वारमा रोक लगाउने निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

काम विशेषले एक–अर्को जिल्ला आउने–जाने तथा कर्मचारीहरु जिल्ला प्रवेश गरेमा अनिवार्य ‘क्वारेन्टाइन’मा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

विभिन्न बहानामा मानिसहरुको भीड भएको र सवारी–साधनको आवात–जावत बढेपछि स्थानीयहरुमा पर्नसक्ने नकारात्मक असरलाई कम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले कडाइ गरेको हो ।

एम्बुलेन्स, शववाहन, औषधि तथा स्वास्थ्य सामग्री बोेकेका सवारी–साधन, सबै प्रकारका औद्योगिक कच्चापदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने सवारी–साधनलाई पासबिना चल्न दिने प्रशासनले जनाएको छ ।