चीनसँगका दुवै नाकाबाट एकतर्फी व्यापार « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


चीनसँगका दुवै नाकाबाट एकतर्फी व्यापार


286
Shares

काठमाडौं । नेपालले गत आर्थिक वर्षमा उत्तरी छिमेकी देश चीनसँगको व्यापारमा मात्र २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको व्यापारघाटा बेहोरेको छ ।

अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ९० करोड रूपैयाँको व्यापारघाटा बेहोरेकोमा गत आर्थिक वर्षमा ३१ अर्ब मात्रले व्यापारघाटा बढे पनि निकासी व्यापारको अवस्था भने दयनीय देखिन्छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले आव २०७७/ ०७८ मा चीनतर्फ १ अर्ब १ करोड ६० लाख रूपैयाँको वस्तु निकासी गरेकोमा गत आ.व.मा भने ८० करोड ७८ लाख ५४ हजार रूपैयाँ मात्रैको निकासी भएको छ ।

यसरी एक वर्षमा आयात ३१ अर्बले बढे पनि निर्यात भने २१ करोडले कमी आएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।