Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


पाल्पा जिल्ला सिल गरियो, सबै किसिमका पासहरु खारेज


0
Shares

पाल्पा । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ ।

जिल्लामा कोरोना सक्रमणको जोखिम कम गर्न आज बिहान ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्म पाल्पालाई सील गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए ।

अन्य जिल्लाबाट एम्वुलेन्स औषधी र शव वाहनबाहेक अन्य कुनै किसिमका सवारी साधन भित्रिन रोक लगाएको छ ।

साथै सबै किसिमका पासहरु खारेज गरिएको, जिल्लाभित्र तरकारी बाहेकका अन्य सवारी साधनमा निषेध गरिएको छ ।

सरकारले ४२ प्रकारका उद्योग तथा बैक र वित्तीय संस्था सञ्चालन गर्ने भनिए पनि पाल्पामा सक्रमण बढ्ने खतरा बढ्दै गएकोले सिल गरिएको हो ।