Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


कांग्रेसका कार्यवाहक सभापति निधि भारत प्रस्थान


0
Shares

काठमाडौं, भदौ १ । नेपाली कांग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भारतीय जनता पार्टीका संस्थापक नेता एवं भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएका हुन् ।

बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो । कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ । (रासस)