 
	    काठमाडौं। रुसी सर्वोच्च अदालतले युक्रेनको फौजी रेजिमेन्ट (एजोभ) लाई आतंककारी संगठन घोषणा गर्ने भएकाे छ ।
जसलाई रुसमा प्रतिबन्ध लगाउने अदालतले जनाएको छ । गत मे महिनामा रुसको महान्यायाधिवक्ताको कार्यालयले सोही रेजिमेन्टलाई आतंककारी संगठन घोषणा गर्ने प्रस्ताव अघि सारे अनुरुप रुसको सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । अदालतको यस निर्णयसँगै अब मस्कोले हिरासतमा राखेका युक्रेनी युद्धबन्दीलाई आतंकवादको अभियोग लगाउन सक्ने छ ।
दक्षिण पूर्वी युक्रेनी शहर मारियुपोलको प्रतिरक्षाका लागि प्रमुख भूमिका खेलेको एजोभलाई रुसी अधिकारीहरूले युक्रेनी सर्वसाधारणमाथि अत्याचार गर्ने संगठनको रूपमा चित्रण गर्दै आएका छन् । तर रुसले भने आफ्नो अभियोग पुष्टि गर्ने खालका कुनै प्रमाण अझैसम्म पनि पेश गरेको छैन् ।
एजोभ रेजिमेन्ट युक्रेनको नेसनल गार्डको एउटा युनिट हो । सन् २०१४ मा गठन गरेको यस युनिटलाई पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी विरुद्ध लड्नका लागि प्रयोग गरिएकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्