Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


शपथ पालना नगर्नेलाई कारबाहीको व्यवस्था गर्न भीम रावलको माग


1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. भीमबहादुर रावलले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सपथग्रहणको पालना नगरे कारबाही हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘सपथसम्बन्धी विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसद रावलले सपथ ग्रहण गरेका व्यक्तिहरूले संविधान, कानुन, मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डताको खुलेआम उल्लंघन गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरूलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद रावलले निर्वाचनमा तालमेल गर्ने कुरा गरेर सत्तारुढ दलहरू आफैंले लिएको सपथ विपरीत, संविधान र कानुन विपरीत, राष्ट्रिय हित प्रतिकूलका गतिविधि गरिरहेको भन्दै आपत्ति पनि जनाउनुभयो ।

एसपीपी र एमसीसीको विषय तथा माथिल्लो कर्णालीमा जिएमआर कम्पनीलाई २ वर्ष म्याद थप गर्ने जस्ता राष्ट्रिय स्वाधिनतामाथि नै प्रहार भइरहेको उल्लेख गर्दै नेता रावलले त्यस्ता व्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने पनि बताउनुभयो ।

नेता रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै विदेशी भूमिका गएर राष्ट्रिय अस्मिता विपरीतका गतिविधि गरेको आरोपसमेत लगाउनुभयो ।