नेविसंघको नाम परिवर्तन गरि विश्वविद्यालय बिगार्ने संघ राख्नुपर्छ : सांसद सुनुवार « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


नेविसंघको नाम परिवर्तन गरि विश्वविद्यालय बिगार्ने संघ राख्नुपर्छ : सांसद सुनुवार


169
Shares

काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी (वि.वि.संघ) राख्नुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न आग्रह गर्नुभएको हो । उहाँले नेविसंघकै कारण अहिले त्रिभुवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताउनुभयो ।

उहाँले तालाबन्दी गर्ने मानिसहरु कुनै विद्यार्थी संगठनहरु नभइ नेविसंघको पहलमा बाहिरबाट भइरहेको आएको आरोप लगाउनुभयो । सांसद सुनुवारले साउन १३ गतेबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्रका रुपमा पु¥याइएको बताउनुभयो ।

सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको बताउनुभयो । उहाँले अहिले विश्व विद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन थालेको बताउनुभयो ।