जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, जेठ २ । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर–६, आहालमा निर्माण सुरु गरिएको संग्रहालयको काम भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकिदिएको छ ।
सिमानाभन्दा १०० मिटरभित्र नेपाली जमिनमा पर्यटकीय संग्रहालय बनाउन थालिएकोमा उक्त जमिन भारतमा पर्ने दाबी गर्दै एसएसबीले रोकिदिएको हो ।
सन्दकपुर आहाल चौरीपालन कबुलियती समूहले गएको वैशाख २४ गतेदेखि उक्त भवन निर्माण गर्न थालेको थियो ।
एसएसबीहरुले निर्माणाधीन क्षेत्रमात्रै नभएर नजिकै रहेको ५७ नम्बर जंगेपिल्लरसमेत भारतकै भूमिमा रहेको दाबी गरेका छन् ।
सोही स्थाननजिकै रहेको सहायक पिल्लर पनि गायब गरिएको स्थानीयको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्