दाङमा करेन्ट लागेर दुईको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


दाङमा करेन्ट लागेर दुईको मृत्यु


260
Shares

काठमाडौं । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–२ बाहुनेपाटीका २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगरको करेन्ट लागेर मृत्यु भएको हो ।

भाउजु भिमा गाहलाई करेन्ट लागेपछि उनलाई बचाउ खोज्दा भिमाको देवर बासु र देवरानी हिमाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार मंगलबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमालाई करेन्ट लागेपछि उनलाई बचाउन गएकी हिमा बिजुलीको तारमा टाँसिएपछि लठ्ठीले तारमा हिर्काएर छुटाउन खोज्दा तार चुँडेर बासुलाई पनि करेन्ट लागेको बताइएको छ ।

सुरुमा करेन्ट लागेकी भिमाको अवस्था भने सामान्य छ ।