आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

'घरको मूल ढोकामा नागको चित्र टाँसी पूजा गर्ने चलन'

455
Shares

काठमाडौं । आज नाग पञ्चमी । हिन्दू धर्मावलम्वीहरु आज मंगलबार नागको पूजा अर्चना गरी यो पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वमा नागस्थान तथा घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गर्ने चलन छ ।

मूलढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छी लगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको छ ।

बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी अष्टनागको आज पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अग्निभय र विषयुक्त जीवको भय नहुने मान्यता रहेको छ ।

नागस्थानहरुमा पनि बिहानैदेखि पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ । मंगलबार काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागपूजा गर्नेहरुको भीड लागेको छ ।