Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


कोरोना संक्रमित भागे सुरक्षाकर्मीले गोली हान्ने !


0
Shares

काठमाडौं, जेठ २ । पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने अधिकार दिइएको छ ।

कठोर रुपमा पेश भएका पर्साका प्रशासकहरुको जेठ १ गते बिहीबार सम्पन्न संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालबाट कोरोना संक्रमित भागेमा गोली हान्नेसम्मको अधिकार सुरक्षाकर्मीलाई दिएको हो ।

बैठक माइन्यूटको निर्णय नम्बर ३ मा ‘…अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोलीसम्म चलाउने अधिकार प्रदान गर्ने’ लेखिएको छ ।

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए । उनीहरूलाई सोही दिन पक्राउ गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले अध्यक्षता गरेको बैठकमा नारायणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी लगायत सहभागी थिए ।

Skip This