साताको पहिलो दिन शेयर बजारमा उछाल « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


साताको पहिलो दिन शेयर बजारमा उछाल


364
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमा उछाल आएको छ ।

शेयरबजार परिसूचक नेप्से ५४ अंकले उकालो लागेर २१ सय ९५ अंकमा पुग्यो । कारोबार पनि उल्लेख्य बढेर साँढे ४ अर्ब नाघ्यो । वित्त समूह बाहेक बाँकी अरू सबै समूहमा हरियाली छायो । सबैभन्दा धेरै लगानी, जीवन बीमा, निर्जीवन बीमा समूहमा ४ प्रतिशतले उकालो लाग्दा, व्यापार र अन्य समूहको परिसुचक पनि ३ प्रतिशतले बढे ।

यस दिन १ सय २६ कम्पनीमा हरियाली छाउँदा ५१ कम्पनीको शेयरमूल्य घट्यो । आइतबार नेपाल इन्सुरेन्स, नेको इन्सुरेन्स, आइएमई जनरल इन्सुरेन्स, पुरुडेन्टल इन्सुरेन्स, एन एलजी इन्सुरेन्स लगायत कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।

आइतबार गुडविल फाइनान्स लिमिटेड डेवेन्चर फण्ड, नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेड, मल्टिपर्पाैज फाइनान्स लगायतका कम्पनीको शेयरमूल्य भने सर्वाधिक घटेकोछ । आइतबार सर्वाधिक कारोबार गर्ने कम्पनीमा भने शिवम् सिमेन्ट रहेको छ जसको २१ करोड माथिको कारोबार भएको छ ।

यस दिन २ सय २० कम्पनीको १ करोड १३ लाख कित्ता शेयरे ४ अर्ब ६१ करोड बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।