दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)
काठमाडौं, जेठ १ । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले बिहीबार (आज)देखि ‘लकडाउन’मा पुनः कडाइ गरेको छ ।
बिहीबारदेखि अत्यावश्यक काममा बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका ‘सीडीओ’को अनुमति लिनुपर्नेछ ।
लकडाउन कडा गर्ने सरकारी निर्णयसँगै काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगामा सवारी–साधनको चेकजाँचमा विशेष निगरानी गरिएको छ ।
तोकिएको समयभित्रै नआएको भन्दै विभिन्न जिल्लाबाट आएका पासवाहक सवारी–साधनलाई फिर्ता पठाइएको छ ।
लकडाउनमा कडाइ गरिएसँगै राजधानीको सडकमा गुड्ने सवारी–साधनको संख्या पनि निकै घटेको छ ।
प्रहरीले विभिन्न ठाउँमा ‘चेक प्वाइट’ खडा गरी अनावश्यकरुपमा सडकमा निस्किएका ठूलो परिमाणमा दुईपांग्रे सवारी–साधन नियन्त्रणमा लिइएको छ ।
केही दिनअघि झन्डै दिनभरजस्तो खुल्न थालेका पसलहरु बन्द देखिन्छन् ।
अबका दिनमा उपत्यकाको सुरक्षालाई थप कडा बनाउने सरकारी योजना छ ।
सरकारले विभिन्न नाकाहरुमा कडाइ गरेपनि मानिसहरु अझैपनि विभिन्न बहानामा काठमाडौं उपत्यका भित्रने प्रयास गरिरहेको पाइएको छ ।
समाचार संकलनको लागि हामी नागढुंगा पुग्दा नाकानजिकसम्म मोटरसाइकलमा आउने र त्यसपछि पैदल हिँडेर नाका पार गरेको देखियो ।
लकडाउन खुकुलो बनाउने तयारी गरेसँगै संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार आफ्नो योजनाबाट पछि हटेको छ ।
अहिलेको परिस्थिति हेर्दा भोलिको दिनमा संक्रमणको जोखिम अझै बढ्ने खतरा रहेकाले नागरिकस्तरबाटै सचेतना अपनाउन जरुरी देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्