
काठमाडौंं । सरकारले बढ्दो शहरीकरणका कारण पानी सुकेको धरहरा परिसरभित्र रहेको सुन्धारामा पुनः प्राकृतिक रूपमा नै पानी झार्ने योजना अघि सारेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको केन्द्रीय कार्यान्वयन इकाइ भवनका महानिर्देशक कोषनाथ अधिकारीले नेपाल समाचारपत्रसँगको कुराकानीमा प्राकृतिक रूपमा नै पानी झार्नका लागि अध्ययन भइरहेको बताउनुभयो ।
उहाँका अनुसार हाल टुँडिखेलका विभिन्न स्थानमा बोरिङ गरेर पानीको सतहको अध्ययन गर्ने काम भइरहेको छ ।
वर्षाको समयमा गरिएको मापनले मात्र नहुने बताउँदै उहाँले हिउँदको पानीको अध्ययनले मात्र सुन्धारामा प्राकृतिक रूपमा नै पानी झार्न सकिने/नसकिने टुंगो लाग्ने बताउनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्